काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ।
बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।



