काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पार्टी निकट जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र संघीय, प्रदेश, पालिका र वडा तहका संगठनहरूको समायोजन सम्पन्न गर्ने कार्यसूची पनि तय गरेको छ ।
त्यसैगरी, आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ । उक्त निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ ।



