वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सो दिन दिउँसो २ बजे सङ्घीय संसद् भवन, सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक बस्नेछ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २२ गतेको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेका हुन् ।