काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह ले सांसदहरूको केही प्रश्नको जवाफ दिएपछि प्रतिनिधिसभा बैठकबाट बाहिरिएसँगै संसद्मा पुनः तनाव उत्पन्न भएको छ।
आइतबार बसेको बैठकमा प्रधानमन्त्री शाहले प्रत्येक दलबाट एक–एक जना सांसदको जिज्ञासाको जवाफ दिएपछि बैठकबाट बाहिरिएका थिए। त्यसपछि संसद् बैठकमा सांसदहरूबीच वादविवाद सुरु भएको हो।
बैठकमा एमाले र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर बोल्न समय माग गरेपछि अवस्था केही समय तनावपूर्ण बनेको थियो। सोही क्रममा सभामुखले उनीहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै संसदीय मर्यादा उल्लंघन भएको टिप्पणी गरेका थिए।
सभामुखले एमालेका ऐन महर तथा श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई ले संसदीय मर्यादाविपरीत गतिविधि गरेको आरोप लगाउँदै सचेत गराएका थिए।
त्यसैगरी सभामुखले श्रम संस्कृति पार्टीका सांसद आरेन राई लाई भाषा प्रयोगमा ध्यान दिन र मर्यादित व्यवहार गर्न निर्देशन दिएका थिए।
बैठकमा देखिएको यो घटनाले संसद्को कार्यशैली र मर्यादाबारे पुनः बहस सुरु गराएको छ।



