काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको खुलातर्फको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणामअनुसार स्वर्णिम वाग्ले सर्वाधिक दुई हजार ६५६ मत प्राप्त गर्दै केन्द्रीय सदस्य निर्वाचित भएकाछन् ।
निर्वाचन आयोगका अनुसार सोविता गौतमले दुई हजार ६४१ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्नुभएको छ भने शिशिर खनालले दुई हजार ५३८, सागर ढकालले दुई हजार ३७६, डा. तोसिमा कार्कीले दुई हजार ३०२, रञ्जु दर्शनाले दुई हजार २९३, मनिष झाले दुई हजार २८१ तथा हरि ढकालले दुई हजार २६२ मत प्राप्त गरेका छन् ।
यस्तै, कविन्द्र बुर्लाकोटीले दुई हजार २२७, विपिनकुमार आचार्यले दुई हजार १६९, रमेश प्रसाईँले दुई हजार १६६, निशा डाँगीले दुई हजार १३२, विराजभक्त श्रेष्ठले दुई हजार १२३, इन्दिरा राना मगरले दुई हजार ९०, गणेश पराजुलीले दुई हजार ८७, पुकार बमले दुई हजार ७०, जगदीश खरेल (ललितपुर)ले दुई हजार ६५ तथा शुलभ खरेलले दुई हजार ४३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, यज्ञमणि न्यौपानेले एक हजार ९०३, प्रमोद न्यौपानेले एक हजार ८९२, सस्मित पोखरेलले एक हजार ८६४, रिमा विश्वकर्माले एक हजार ८४५, रघुराज पाण्डेले एक हजार ८४०, राजीव खत्रीले एक हजार ७४५, समीक्षा बास्कोटाले एक हजार ७३९, गणेश कार्कीले एक हजार ७३४, खगेन्द्र सुनारले एक हजार ७३३, अशिम शाहले एक हजार ७३०, हिमेश पन्तले एक हजार ६५०, जगदीश खरेल (दोलखा)ले एक हजार ५५२, गीता चौधरीले एक हजार ५३७ र लिमा अधिकारी आचार्यले एक हजार ५३६ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ।
रास्वपाको केन्द्रीय सदस्यमा खुलातर्फका उम्मेदवारसँगै समावेशी समूहअन्तर्गत पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। निर्वाचन आयोगका अनुसार खस आर्य समूहबाट १० जना, आदिवासी जनजातिबाट नौ जना, थारुबाट दुई जना, मधेसीबाट पाँच जना, दलितबाट चार जना, मुस्लिमबाट दुई जना तथा सातै प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।



