काठमाडौं – मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ। चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमाजमा विशेष कार्यक्रम आयोजना गरी नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।
स्मार्टफोनको सार्वजनिक मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एस.सी. साबुले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा नेपाली चलचित्र ‘मास्टर्नी’का कलाकार तथा निर्माण टोलीको समेत उपस्थिति थियो। अभिनेत्री प्रियंका कार्की पनि कार्यक्रममा सहभागी थिइन्।
मोटोरोला र चौधरी ग्रुपले चलचित्र ‘मास्टर्नी’सँग सहकार्य गर्दै स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए। प्रविधि र मनोरञ्जनलाई एउटै कार्यक्रममा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिको सहभागिता रहेको थियो।
७,००० एमएएच ब्याट्री र १४४ हर्ज डिस्प्ले
नयाँ Motorola Edge 70 Fusion मा ५० मेगापिक्सेलको Sony-LYT 710 क्यामेरा, Moto AI, ७,००० एमएएच क्षमताको ब्याट्री तथा ६८ वाट TurboPower चार्जिङ प्रविधि रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, फोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको १.५K क्वाड–कर्भ्ड डिस्प्ले रहेको छ। डिस्प्लेले अधिकतम ५,२०० निट्ससम्मको ब्राइटनेस दिने कम्पनीको दाबी छ।
स्मार्टफोन प्रिमियम फेब्रिक फिनिसमा उपलब्ध हुनेछ। यसमा प्यान्टोनद्वारा छनोट गरिएका विभिन्न आकर्षक रङ विकल्पसमेत उपलब्ध हुने जनाइएको छ।
२९ अगस्टदेखि बिक्री
Motorola Edge 70 Fusion २९ अगस्ट २०२६ देखि नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ। यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ।
कम्पनीका अनुसार उक्त मूल्यमा उपलब्ध फिचरका आधारमा Edge 70 Fusion नेपाली बजारमा आफ्नो श्रेणीका प्रतिस्पर्धी स्मार्टफोनमध्ये आकर्षक विकल्प बन्न सक्नेछ।
मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत उपलब्ध हुँदै आएको छ। कम्पनीले बिक्रीसँगै देशभर वितरण तथा सेवा केन्द्रको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
चलचित्र ‘मास्टर्नी’सँगको सहकार्यमा गरिएको सार्वजनिक कार्यक्रमले स्मार्टफोन सार्वजनिक गर्ने परम्परागत शैलीभन्दा फरक ढंग अपनाएको कम्पनीको भनाइ छ। चलचित्र, मनोरञ्जन र प्रविधिलाई एउटै मञ्चमा प्रस्तुत गरिएको यो सहकार्यलाई नयाँ अनुभवका रूपमा हेरिएको छ।



