काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन्। उनी असोज ९ गते स्वदेश फर्किने तय भएको छ।
प्रधानमन्त्री शाह महासभालाई सम्बोधन गर्नका लागि मात्रै न्यूयोर्क जान लागेका हुन्। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाहले महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।
यसअघि महासभामा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री मात्रै जाने तय भएको थियो। तर भोटेकोशी बाढीपछि जलवायु परिवर्तनको असर र त्यसबाट नेपालमा भइरहेको क्षतिको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री शाह आफैं महासभामा जाने निर्णय भएको हो।
प्रधानमन्त्रीले महासभाको सम्बोधनका क्रममा जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा पर्वतीय मुलुकले भोग्नुपरेका विपद्, जनधनको क्षति तथा जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे धारणा राख्ने तयारी गरिएको छ।



