फागुन २० भित्रै विश्वासको मत लिन तयारीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

धनगढी, फागुन १५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गते भित्रै विश्वासको मत लग्ने तयारी गर्नुभएको छ । दोश्रो पटक काठमाण्डौं आउनुभएको मुख्य मन्त्री शाहले विश्वासको मत पाउने सुनिश्चितता भए पछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गर्नुभएको हो ।

मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिन पछि काठमाण्डौं आउनुभएको शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहति नेता कार्यकर्तासँग भेट गर्नुभएको थियो । तर विश्वासको मत पाउने शुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उहाँले विश्वासको मत लिन खोज्नुभएको हो ।

‘उहाँले अब फागुन २० गते भित्रै विश्वासको मत लग्ने गरी तयारी थाल्नु भएको छ, कांग्रेसका एक प्रदेश सभा सदस्यले भन्नुभयो, ‘त्यसका लागि छिट्टै प्रदेश सभा बैठक आह्वा गर्ने तयारी पनि गरिएको छ ।’