एमाले सरकारबाट बाहिरिने निर्णय

काठमाडौँ, फागुन १५ गते । नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निणर्य सचिवालय बैठकले गरेको पनि जानकारी दिनुभयो ।