यू–१९ एसिया विश्वकप : नेपालको लगातार चौथो जित

काठमाडौं, फागुन १६ गते । नेपालको कसिलो बलिङसामु टिक्न नसकेको मलेसियाले आईसीसी यू–१९ एसिया रिजन विश्वकप छनोटमा १० विकेटले पराजित गर्दै नेपालले लगातार चौथो जित निकालेको छ ।

लगातार जित निकालेको नेपालले अन्तिम खेलमा यूएईलाई पराजित गरे २०२४ मा श्रृलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छ ।

३५.३ ओभरमा अल आउट हुँदै मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा विना कुनै विकेटको क्षतीमा पुरा गर्यो ।

पहिलो खेलमा सिंगापुरलाई पराजित गर्दै विजयी सुरुआत गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको थियो ।