पञ्चपुरीका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, माघ ११ गते । सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरिएको छ । । होटलको कीर्ते बिल बनाएर रकम भुक्तानी गरेको आरोपमा लेखा अधिकृत मोहनबहादुर बुढाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

होटल सञ्चचालकसँग खाली बिल मागेर त्यसमा कीर्ते बिल भरपाई तयार गरी लेखा अधिकृत बुढाले दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएको अख्तियारले जनाएको छ ।

होटलमा कार्यक्रम गरेको भनिएपनि बिलमा उल्लेख भएको मिति र कार्यक्रममा उपस्थित मानिसको संख्या फरक परेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।अख्तियारले न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजाली विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

होटल सञ्चालकले खाली बिलहरुमा छाप लगाई पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत बुढालाई दिएको र उनीबाट २ लाख ६२ हजार ५०२ भुक्तानी पनि लिएको अख्तियारले जनाएको छ ।

पञ्चपुरी नगरपालिकाका अधिकृत छैटौं लालबहादुर सुवेदी र तुलसी केसीले लेखा झुटा बिल भर्पाइ बनाएर लेखा अधिकृत बुढालाई रकम भुक्तानी गर्न सहयोग गरेको भन्दै भ्रष्टाचार मुद्दामा मतियार भनी मुद्दा दर्ता गरेको छ ।