नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी

काठमाडौं, जेठ ५ गते । सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा जारी छ ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ ।

सरकारी ढुकुटी नभरिएको अवस्थालाई ध्यान दिँदै कृषि उत्पादन र रोजागरी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित रहने बताउँदै आउनुभएको छ ।