राष्ट्रपति रनिङ शिल्ड नसकिदै उपाधी भूमिकास्थान नगरपालिकाको कब्जामा

अर्घाखाँची फागुन १७, गते । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नसकिदै रनिङ शिल्डमा भूमिकास्थान नगरपालिकाले कब्जा जमाएको छ ।

प्रतियोगिता अन्तरगत भलिवल खेल चलिरहेको भएपनि प्राप्त अंकका आधारमा ११ अंक सहित भुमिकास्थानले शिल्ड जित्न सफल भएको हो । रनिङ शिल्ड भूमिकास्थानले जित्दा ९ अंक सहित सन्धिखर्क दोस्रो भएको हो ।

यस अघि फर्जी खेलाडी विवादले प्रतियोगिता करिव दुई दिन अवरुद्द भएको थियो । फर्जी खेलाडी मिसाएको पुष्टि भएपछि ११ अंक सहित भूमिकास्थान भलिवल खेलबाट बाहिरिएको छ भने सन्धिखर्क नगरपालिकाका तर्फबाट १२ पदक प्राप्त भएकोमा पदक जित्ने तीन खेलाडी फर्जी रहेको पुष्टि भएपछि सन्धिखर्कको ९ अंक भएको छ ।

सन्धिखर्कका तिन पदक खोसिएकोमा ८०० मिटर दौड र १५ सय मिटर दौड गरि दुई खेलमा दोस्रो भएको शितगंगाको खातामा जाँदा शितगंगाले यी दुई सहित ६ अंक प्राप्त गरेको छ ।

त्यस्तै चार×चार सय रिले खेलमा सन्धिखर्कका तर्फबाट पदक जितेका खेलाडी फर्जी पुष्टि भएपछि उक्त खेलमा दोस्रो भएको मालारानीले स्वतः पदक प्राप्त गर्दै एक अंक थपेको छ ।

छत्रदेवले एक अंक प्राप्त गर्दा पाणिनी शून्य अंकका साथ पुछारमा छ ।