इञ्जा अग्रज पत्रकारिता पुरस्कारबाट कमला सम्मानित

काठमाडौँ, फागुन १८ गते । जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मा इञ्जा अग्रज पत्रकारीता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इञ्जा डे)को अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको, इञ्जा अग्रज पत्रकारिता पुरस्कारबाट अध्यक्ष विश्वकमालाई सम्मानित हुनुभएको हो ।

इन्जाले आयोजना गरेको सम्मान कार्यक्रममा सभामुख देवराज घिमिरेले विश्वकर्मालाई सम्मान प्रदान गर्नुभएको थियो ।

विश्वकमाले २०५६ सालदेखि मिडियामा अवद्ध भई दलित अधिकारका मुद्दालाई स्थापित गर्न अतुलनीय योगदान गर्नुभएको थियो । दलित समुदायका अधिकारका मुद्दालाई प्रभावकारी रुपमा उठाउदै संविधानसभाको सदस्यको रुपमा जिम्मेबारी बहन गर्नुभएको थियो ।

इन्जाले खोजी पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरकर्मी मातृका दाहाल र आईएनएस डट कमकी तारा वाग्लेलाई प्रदान गरिएको छ । उहाँहरूसहित विभिन्न पत्रकारले फरक–फरक विधामा पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।

इन्जा बौद्धिक पत्रकारिता पुरस्कार जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गरेको छ । भने इन्जा ग्रामीण पत्रकारिता पुरस्कार रेडियो समग्र १०७ सिरहा र सरिता चलाउनेले पाउनुभएको छ । त्यस्तै फोटो पत्रकारिता पुरस्कारबाट नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।

यसैगरी वरिष्ठ पत्रकारहरू रघु मैनाली‚ किरण वैद्य‚ कुमार यात्रु‚ शंकर भट्टराई, विजया साह र प्रदीप गुरुङलाई इन्जा सम्मान प्रदान गरिएको छ ।

यसअघि इन्जाले फोटोतर्फ नरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठलाई इन्जा फोटो पत्रकारिता पुरस्कार दिने निर्णय गरिसकेको छ । यसैगरी वौद्धिक अनुसन्धानवृत्ती पुरस्कार संचार क्षेत्रमा लामो समयदेखि कार्यरत २ जना पत्रकार जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरिसकेको छ ।

स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार विषयमा विद्यावारिधि गरिरहेका नेपाल र आम सञ्चार विषयमा त्रिभुवन विश्वविद्यालयबाट दर्शनार्चाय (एमफील) गरिरहेका छन् ।

इञ्जाद्धारा अग्रज पत्रकारिता पुरस्कारबाट जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकमालाई सम्मानित भएको अवसरमा उहाँ आवद्ध संस्था सेन्टरले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको जनाएको छ ।