काभ्रे केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ ।

आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।