उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई

काठमाडौं, फागुन २३ गते । फुटबलर मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उहाँलाई सो अवार्ड प्रदान गरिएको हो ।

सो विधामा फुटबलका डाँगीसँगै बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी मनोनयनमा पर्नुभएको थियो ।