बालुवाटारमा माओवादीधारका दलहरूको बैठक सुरु

काठमाडौँ, फागुन २६ गते । माओवादी धाराका राजनीतिक दलहरूबीचको बेठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । बैठक अहिले बिहान केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा छन् । केही दिन पहिले पनि उहाँहरूले बालुवाटारमै छलफल गर्नुभएको थियो । उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी हुनुहुन्छ ।

यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ । बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै शुक्रबारका लागि सारिएको छ । उक्त रिटमा सम्भवतः शुक्रबार पहिलो सुनुवाइ हुनेछ ।