माओवादी घटकहरुको बैठकको निर्णय : २८ गते पत्रकार सम्मेलन र ३० गते संयुक्त अन्तरक्रिया गर्ने

काठमाडौं, फागुन २६ गते । माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिए ।

उनका अनुसार अन्तर्क्रिरया शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग गर्ने निर्णय भएको छ ।