निवर्तमान राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट विदाई

काठमाडौं, फागुन २९ गते । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट विदाई हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदाइ गर्नुभएको हो ।

राष्ट्रपति भण्डारी शीतलनिवासबाट बालुवाटारस्थित छोरीको निवासमा जानुभएको छ । बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उहाा छोरीको निवासमा जानुभएको हो ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर विदाइ गर्नुभएको थियो ।

उहाँ शितल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो ।