दुई वर्षमा गर अस्पतालको जग मात्र खडा

जाजरकोट, माघ १७ गते । जिल्लाको नलगाड नगरपालिकामा निर्माणधिन नगर अस्पतालको भवन अलपत्र अवस्थामा छ । छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिनुभएको सो भवनको ठेक्काको काम नगर्दा अलपत्र परेको हो । स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो । २०८० असार १५ गते सम्मा सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने भनि सम्झौतामा उल्लेख गरिएको छ ।

पहिलो किस्तामा २ करोड ८६ हजार रुपैयाँ नगरपालिकाबाट लिइएको र दोस्रो पटक १ करोड ९९ लाख ९९ हजार ९९९ रुपैयाँ लिइसक्नुभएको छ । सो रकम प्रेरा खडका कृष्ण क्याराभान जेभी काठमाडौँको नाममा भुक्तानी भएको छ ।

तोकिएकै समयमा स्वास्थ्य संस्थाको भवन निर्माण नहुँदा दैनिक आउने विरामी तथा सेवाग्रहीलाई सेवा लिन समस्य भएको नलगाड नगरउपप्रमुख सरिता सिंहले गुनासो गर्नुभएको छ । ठेक्काका कामहरु लिने तर समयमा कत्तैपनि निर्माण नगर्ने परिपार्टीका कारण दैनिक समस्य हुँदै आएको उहाँको भनाई छ ।

उपप्रमुख सिंहले प्रदेशसभा सदस्य बेदराज सिंहलाई निर्माण व्यवसायी तथा छेडागाडका नगरप्रमुखलाई छीटो निर्माण गर्नेको लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ।

दुइ वर्ष अघि नगर अस्पताल निर्माणका लागि बोलपत्र आवह्वान गरिएको थियो । नगर अस्पतालको जग मात्र खडा गरिएको अवस्थामा रहेको छ । संरचना निर्माण गर्ने समय सम्मा निर्माणको काम सुरु नहुँदा सबै भन्दा बिडम्वना रहेको सरोकारवाला निकायले बताएका छन् । नगरपालिकाबाट पटक पटक भवन निर्माणलाई तिव्रता दिन आग्रह गरिएपनि नगरप्रमुख खड्काले हुन्छ भन्ने तर कामलाई अघाडी नबढाउने उपप्रमुख सिंहले बताउनुभयो । संघीय सरकारबा प्राप्त रकमबाट उक्त भवन निर्माण गर्न लागिएको हो ।

नेपाली कांग्रेसबाट छेडागाड नगरपालिकामा नगरप्रमुखमा समेत रहनुभएका खड्को नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा निर्माण गर्ने भनिएको पुल समते सात वर्षदेखि अलपत्र अवस्थामै छ । खारा स्थित नलगाड नदीमा निर्माण हुने उक्त पुल पनि निर्माण हुनु सकेको छैन् । पटक पटक आयोजनाले पुल निर्माण गर्न आग्रह गरिएको भएपनि मेयर खड्काले अटेरी गरेको आयोजनाको दावी छ । पुल निर्माणको काम लामो समय देखि अलपत्र पर्दा यस क्षेत्रका अधिकांश विकासे कामहरु पनि अलत्रप भएका छन् । अहिले नलगाड नदीमा काठको लाप्को लगाएर वारपार गराउने काम हुँदै आएको छ ।