काठमाडौं — आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ। यो सँगै सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा एक हजार २०० ले वृद्धि भएको छभ ने त्यति नै परिमाणको चाँदी पाँचले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ६०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ । हिजो बिहीबार एक तोला सुन एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



