निवर्तमान राष्ट्रपति भण्डारी बिदाईको दृष्य

काठमाडौं, फागुन २९ गते । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासबाट बिदाई गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदा गरेको हो ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर बिदाइ गर्नुभएको थियो ।

उनी शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि पनि उहाँले दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित हुनुभएको थियो ।