देशभरका स्थानीय तहका प्रशासकीय अधिकृतलाई १८ बुँदे निर्देशन जारी

काठमाडौं, फागुन २९ गते। सरकारले ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई १८ बुँदे निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कार्यसम्पादन तथा व्यवस्थापनका विषयमा निर्देशन जारी गर्नुभएको हो ।

‘स्थानीय तहको कार्यसम्पादन र व्यवस्थापनलाई आगामी दिनमा थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउन विशेष ध्यान दिइ कामकारबाही गर्ने गराउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ ।

स्थानीय तहको बेरुजु तत्काल पर्छ्यौट गरेर मन्त्रालयमा विवरणमा पेश गर्नेदेखि स्थानीय तहबाट प्रवाह हुने सेवाबाट सेवाग्राही सन्तुष्ट भए÷नभएको विषयमा नियमित रुपमा सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्नेसम्मका निर्देशन रहेको छ ।