उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

काठमाडौं, चैत ३ गते । उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । संसद भवनमा मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ सांसदले मतदान गर्नुभएको छ । संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गर्नुभएको छ ।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम हुन्छ । उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ । अंकगणितय हिसाबले जसपाका यादव विजयी हुने देखिएको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा राप्रपा र नेमकिपा मतदान प्रक्रियामा सहभागी भएन ।