प्रधानमन्त्रीविरुद्ध रंगकर्मीहरूको रिट

काठमाडौं, चैत १२ गते । नाट्यकर्मीहरुको एक समूह आन्दोलित भएका छन् । नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति बनाई संघर्षमा उत्रेको हो ।

पत्रकार सम्मेलन गरी उहाँहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँंतीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्वारा फागुन ३ मा गरिएको नाम सिफारि कुलपतिलगायतका नियुक्तहरु र आवश्यक प्रक्रिया प्रचलित नेपालको संविधानविपरित भएको दावी गर्नुभयो ।

यसैविरुद्ध आफूहरु न्यायको ढोका ढकढकाउन अदालतमा रिट दायर गरेको जनाउनुभयो । अदालतले दिने निर्णय आफूहरुले सहर्ष स्वीकार गर्नेसमेत उहाँहरुले बताउनुभयो । उहाँहरुले प्रजातान्त्रिक व्यवस्थामा दलहरु नै प्रमुख हुने र दलले नै भागबन्डा गरे पनि त्यो स्वीकार्य भएको तर सक्षम व्यक्तिलाई पदमा राख्नुपर्ने उहाँहरुको भनाई छ ।

साथै उहाँहरुले नियुक्त भएका ती प्राज्ञको क्षमतामाथि पनि प्रश्न गर्नुभयो । उहाँहरुले भन्नुभयो , नियुक्त भएका व्यक्तिहरुको योग्यताबारे जनतालाई बुझाउन हामी सरकारलाई उहाँहरुको बायोडाटा सार्वजनिक गर्न चुनौती दिन्छौं ।