दलित समुदायका विवाह गर्न आएको भन्दै मन्दिरका पुजारी नै टाप कसेपछि…..

बाजुरा, जेठ ८ गते । बाजुराको मालिका मन्दिरमा विवाह गर्न दलित समुदायको मान्छेहरू आएको भन्दै ढोका बन्द गरेर पुजारी नै फरार भएका छन् । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको मालिका मन्दिरमा आज विहानै दलित समुदायहरुले विवाह गर्न मन्दीर गएपछि पुजारी परार भएका हुन् ।

मन्दिरमा विवाह गर्न आएको एक जोडि २ घण्टा देखि मन्दिरमै पर्खिए । पुजारी नआएपछि बाहिरै विवाह सम्पन्न गरिएको पत्रकार मदन विकले जानकारी दिनुभयो । उहाँका अनुसार विवाह गर्न दलित समुदायका मान्छेहरू आउने थाहाँ पाएपछि पुजारी विहानै देखि सम्पर्कविहिन भएका थिए । फोन गर्दासमेत सम्पर्क हुनसकेन पत्रकार विकले भने ।

उहाँले त्याहाँका जनप्रतिनिधि, मेयर, उपमेयर र वडाअध्यक्षलाई सम्पर्क गर्दापनि फोन नउठेको बताउनभयो । मालिका मन्दिर सबैको साझा होलानि ! दलित समुदाय भित्रको मान्छेको विवाह मन्दिरमा गर्न पाईदैन र ? भनेर पत्रकार विकले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, अझैपनि मार्तडीमा यो व्यवहार छदैछ । जनप्रतिनिधि समेत यो विषयमा चुईक्क बोल्दैनन्, अझ भन्नु पर्दा प्रशासन त्यहि छ