प्रधानमन्त्री र सभामुख बिचमा भेटवार्ता जारी

काठमाडौं, चैत १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।

सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गर्नुभएकाे हाे ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता जारी छ।

प्रधानमन्त्री र सभामुख बिचमा प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल हुने बताईएको छ ।