काठमाडौं प्लाजा सार्न थाले महानगरका विभागहरु

काठमाडौँ, चैत ३० गते । काठमाडौं महानगरपालिकाका विभागहरु काठमाडौं प्लाजा सार्न थालेका छन् । सुन्धाराको जेडीए कम्प्लेक्सबाट सेवा दिदै अएको महानगरका विभागहरु काठमाडौं प्लाजा सार्न थालेका हाु ।

कम्प्लेक्सको छैटौं तलामा रहेको विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाईका ‘पार्टेसन’ खोल्न थालिएको छ ।

‘बुधबारदेखि काम थालिएको हो । आज सबै ‘पार्टेसन’ खोलिएको छ,’ प्रशासन विभागका प्रमुख एवम् महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जनाकारी दिनुभयो । ‘सेवा नरोकिने गरी काम गर्छौं उहाँले भन्नुभयो, हामीले शनिबार पनि कर्मचारी बोलाएका छौं । सार्ने काममा नगर प्रहरी परिचालन गरेका छौं ।’

पहिले प्रयोग गरिएका सामानलाई टुटफुट हुनबाट बचाएर जेडिए कम्प्लेक्स कार्यालय सञ्चालनमा प्रयोग भएका सामानबाट काठमाडौँ प्लाजामा कक्ष निर्माण गर्ने महानगरको योजना छ । कम खर्चमा कार्यालय सार्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

२०७२ सालको भूकम्पमा केन्द्रीय भवन जीर्ण भएपछि महानगरले विभागहरुलाई विभिन्न ठाउँमा राखेर सेवा प्रवाह गरिरहेको छ । नेपाल ट्रष्टसँग काठमाडौं प्लाजा १० बर्षका लागि भाडामा लिन गत ८ चैतमा सम्झौता भएको छ ।