प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा रवि लामिछाने

काठमाडौं, वैशाख १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने बालुवाटार पुग्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न लामिछाने बालुवाटार पुग्नुभएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन २ को उपनिर्वाचनमा विजयी भएका लामिछानेलाई बधाई दिनुभएको छ ।

नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाउनुभएको लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित हुनभएको थियो ।

निर्वाचित भएर आएसँगै उहाँले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीभित्र र बाहिर छलफल तीव्र बनाउनुभएको छ ।