काठमाडौं, वैशाख १७ गते । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले गत शुक्रबारदेखि विभिन्न माग राखेर आन्दोलन जारी राख्नुभएको छ ।
कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने, जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा धर्ना दिनुभएको थियो । उहाँको आन्दोलनलाई विभिन्न पेसा व्यवसायमा संलग्नदेखि राजनीतिज्ञहरुले पनि साथ दिइरहेका छन् ।
आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता माइतघर मण्डलामा पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएको छ । शनिबार पनि राप्रपाकै डा. प्रकाशचन्द्र लोहनी, रवि मिश्र माइतीघर पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएको थियो ।