पूर्वधार निर्माणमा बारेकोट गाउँपालिका अग्रस्थानमा

कर्णाली, वैशाख १८ गते । कर्णालीका १५ स्थानीय तहमा लागू भएको स्थानीय पूर्वाधार सहयोग कार्यक्रममा जाजरकोटको बारेकोट गाउँपालिका पहिलो भएको छ ।

विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (कर्णाली पाइलट) कार्यक्रम सञ्चालन भएका जिल्लामा पूर्वधार निर्माणमा बारेकोट गाउँपालिका पहिलो भएको हो । बारेकोट गाउँपालिकाले चार वटा योजना माग गरि कामको सुरुवात गरेको थियो । उक्त माग गरिएको कार्यक्रममा १५ स्थानीय तह मध्ये बारेकोटले सबै भन्दा अगाडी काम सकेर पहिलो भएको कार्यक्रमका शैलेश शर्माले जानकारी दिनुभयो ।

बारेकोट गाउँपालिका ४ दहमा जडीबुटी संकलन केन्द्र , वडा नम्बर ५ मा राजुरा शीर्षदेखि बालुवासम्म तटबन्ध, वडा नम्वर ३ मा गाग्राखोला जलविद्युत आयोजनाको कुलो निर्माण र वडा नम्बर १ मा फडका खोला जलविद्युत आयोजनाको कुलो निर्माण गरिएको थियो । पालिकाको मागमा आधारित जलवायू परिवर्तन उत्थनशील कार्यक्रम रहेको रहेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताउनुभयो ।

कार्यक्रमबाट निर्माण भएका योजनामा काम गर्ने मजदुरको ज्याला मजदुरकै खातामा सिधै जम्म गरिने नियम रहेको छ । गाउँपालिकाले ४५ लाख म्याचिङ गरेको थियो भने कार्यक्रमले १ करोड ३८ लाख ११ हजार १४१ रुपैयाँ सर्पोट गरेको छ ।

बारेकोट गाउँपालिकाले तोकिएको समय अगाबै योजना सम्पन्न गर्नका लागि गम्भिरता पूर्वक लिएका कारण सम्भव भएको कार्यक्रमका शैलेश शर्माले बताउनुभयो । पालिकाले तोकिएका आयोजनाहरु सम्पन्न गर्नका लागि सामुहिक प्रयास, प्राथमिकता प्राप्त आयोजनाहरु छनौट गर्नु, काममा संलग्न कर्मचारीहरुको सक्रिय तथा कार्यसम्पादन क्षमता, उपभोक्ता समिति तथा कामदारहरुलाई निर्माण पूर्व आयोजना कार्यान्वयन सम्बन्धि विस्तृत अभिमुखिकरणले समेत भारी विकास भएको गाउँपालिकाले जनाएको छ ।

यो कार्यक्रम जाजरकोटमा बारेकोट, नलगाड, सल्यानमा दार्मा, दैलेखः दुल्लु, सुर्खेतः सिम्ता र भेरीगंगा, कालीकोटः रास्कोट र शुभकालिका, जुम्ला तिला, मुगुः सोरु र मुगूम कार्मारोङ , हुम्लाको ताजाकोट, सिमकोट र खार्पुनाथ, डोल्पाको शे फोक्सुन्डोमा यो कार्यक्रम लागू भएको छ । सबै पालिका भन्दा बारेकोट गाउँपालिकामा ९८ प्रतिशत काम सम्पन्न भएकाले बारेकोट अग्र स्थानमा रहेको पाइएको छ ।