प्रचण्ड, देउवा र ओलीबीच छलफल जारी

काठमाडौं, वैशाख २६ गते । प्रमुख तीन दलका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको छ ।

छलफलमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्छ ।

बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।