प्रतिनिधिसभा बैठक आज : बजेटमाथि छलफल हुँने

काठमाडौं, जेठ २१ गते । आजबाट संसदमा वार्षिक बजेटमाथि छलफल सुरु हुँदैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । यस्तै बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । पूर्वमन्त्री मीना पाण्डको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।