वडाध्यक्ष र वडासचिव ७० हजार घुस रकमसहित पक्राउ

धनुषा, जेठ ३१ गते । नगराइन नगरपालिका वडा नंम्बर २ का वडाध्यक्ष र वडासचिवलाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले वडा अध्यक्ष बुलन यादव र वडासचिव अमृत झालाई घुस रकमसहित आज पक्राउ गरेको हो ।

सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र वडासचिवले घुस लिनुभएको आरोप लागेको छ ।

उपभोक्ता समितिले पहिले नै दिएको सूचनाको आधारमा अख्तियारको टोलीले वडाध्यक्ष र वडासचिवलाई पक्राउ गरेको बुझिएको छ ।

उहाँहरुलाई कारबाहीका लागि बर्दिवास कार्यालय लगिने बताइएको छ ।