मन्त्रिपरिषद्को आकस्मिक बैठक : मुख्यसचिव परिवर्तन र राजदूत नियुक्तिकाे तयारी

काठमाडौँ, जेठ ३२ गते । मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मुख्यसचिव परिवर्तन र राजदूत नियुक्तिबारे निर्णय गर्ने तयारी रहेको एक मन्त्रिले जानकारी दिए ।

ती मन्त्रीका अनुसार मुख्यसचिव शंकरदास बैरागीलाई अमेरिकाको राजदूत बनाउने र उनको ठाउँमा वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी छ । यो सहित आजको मन्त्रिपरिषद् बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय पनि गर्ने बुझिएको छ ।