दुई दिने झोल साबुन तथा हार्पीक बनाउने तालिम सम्पन्न

ललितपुर, असार ७ गते । महालक्ष्मी नगरपालिकाको महिला तथा बालबालिकासँग उपप्रमुख कार्यक्रम प्रभावकरी भएको छ । महिलालाई उद्यमी बनाउने उदश्यले नगरपालिकाले चालु वर्षको बजेटमा १० लाख छुट्एको थियो । सो कार्यक्रम कार्यन्वयनपछि प्रभावकारी भएको हो ।

नगारपालिकाले दिउको विभिन्न तालिम मध्यको एक हो झोल साबुन तथा हार्पीक बनाउने तालिम । सो तालिम बुधबार सम्पन्न भएको छ । महिला तथा बालबालिकासँग उपप्रमुख कार्यक्रम अन्तरर्गतको सो तालिमा २ दिने सम्म सञ्चालन भएको थियो । तालिमामा २५ जना महिला तथा पूरुष सहभागि भएका थिए ।

नगरपालिकाको सो कार्यक्रम निकै प्रभावकारी भएको तालिमामा सहभागीहरुले बताएका छन् । नगरपालकाले दिएको यो दुई दिने झोल साबुन तथा हार्पीक बनाउने तालिमले हामीलाई केहिँ उर्जा थपेको एक सहभागि महिलाले बताउनुभयो । आशा गरौ नगरपालिकाले पुःन यस्तै खालका कार्यक्रमलाई निरन्तरता दिने छ उहाँले भन्नुभयो ।

महालक्ष्मी नगरपालिका उपप्रमुख तथा यो कार्यक्रमका संयोजक लक्ष्मी महर्जनले एक व्याक्तिलाई एक सीप, त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । तपाईले लिनुभएको तालिमलाई कार्यन्वयन गर्नुभयो भने नगरपालिकाको टीम र वडा कार्यलयले सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, दई दिनमा तपाईहरुले जतिपनि सिक्नुभयो त्यसलाई अब व्यवसायी रुपमा काम अघाडी बढाउनुहुने छन भन्ने आशा छ, । आशालाई नितरन्तरता दिनको लागि तपाईहरुलाई पुनः एडभाण्स को व्यवस्ता पनि गरिने उहाँले ताउनुभयो ।

चालु आर्थिक वर्षमा मात्र महिला तथा बालबालिकासँग उपप्रमुख कार्यक्रम अन्तरर्गत एक सय जना महिलाहरुले विभिन्न तालिम लिनुभएको उपप्रमुख लक्ष्मीले जानकारी दिनुभयो ।

उहाँले प्रत्यक वडालाई चाहिन,े याहाँहरुको आश्यकता अनुसार र बस्तीलाई चाहिने हनुसारको यो कार्यक्रमले तालिम दिदै आएको बताउनुभयो । सिकेको सीपबाट तपाईहरुले के के गर्नुभयो, तालिम लिएर या तपाई यत्तिकै बस्नुभएको छ कि त्यसलाई नगरपालिकाले फलोअप गर्ने पनि बताउनुभयो ।

यो वर्ष सकिनासाथ पुनः तपाईहरुलाई एकचोटी भेट्ने र तपाईका आवश्यता के के छ सबै कुराको जानकारी लिने बाचा गर्नुभयो ।

तालिमको समापन कार्यक्रमा वडा अध्क्ष छिरिङ लामासहित वडाका सदस्यहरुको सहभागिता रहकको थियो ।