बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप जारी

काठमाडौं, असार १२ गते । नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निणायार्थ बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ ।

कांग्रेसले बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन दिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा बजेट पेश गर्नुभएको थियो ।