कृषिमन्त्रीले रोप्नुभयो धान

काठमाडौं, असार १५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल धान रोपाइँमा सहभागी हुनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बालि बिकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा मन्त्री भुसाल सहभागी हुनुभएको हो ।

कृषि विभागले आयोजना गरेको महोत्सवमा मन्त्री भुषालले सुरुमा हातले र पछि राइस ट्रान्सप्लानरले रोपाइँ गर्नुभयो । एक विगाह जमिनमा २० मिनेटमा रोपाइँ गर्न सकिने मेसिनमा चढेर मन्त्री भुसालले रोपाइँ गर्नुभएको हो ।

मन्त्री भुसालले सुरु गरेको क्षेत्रमा साढे २ रोपनी जग्गामा खुमल १० नामक धान रोपाइँ भएको राष्ट्रिय बाली विकास केन्द्रका प्रमुख वरिष्ठ बाली विज्ञ टीका कार्कीले जानकारी दिनुभयो ।

मन्त्री भुसालले प्रयोग गरेको मेशिनले मध्य पहाडका सम्म खेतका गरामा रोपाइँ गर्न सकिने बाली बिकास केन्द्रले जनाएको छ ।