एमालेसँग मिलेर सरकार बनाउने प्रयास हुन्छ कि हुँदैन ? रवि लामिछानको जवाफ

काठमाडौं, असार १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलाग्ने बताउनुभयो ।

कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफूहरू अस्थिरताको पक्षमा नरहेको बताउनुभयो । उहाँले बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ । तर, हामी अझै केही समय हेर्छौं । यही कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै ढंगबाट आवश्यक निर्णय लिन्छौँ ।

एमालेसँग मिलेर सरकार बनाउने प्रयास हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उहाँले अहिले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा नलागेको प्रष्ट्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार ढाल्ने विषयमा हामी सहभागी छैनौँ । त्यसमा हाम्रो इन्ट्रेस्ट पनि छैन । अहिले हामी पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेका छौँ ।’