आन्तरिक पर्यटनले समेत बढावा पाएको तानसेन नगर

तानसेन नगरपालिका लुम्बिनी प्रदेश कै ऐतिहासिक र धार्मिक दृष्टिले प्रसिद्ध अत्यन्त रमणीय क्षेत्रको रुपमा चिनिन्छ । पाल्पा जिल्लाको सदरमुकामस्थित सो नगरपालिका अत्यन्त पुरानो नगरपालिका हो । यसको स्थापना वि.स २००७ सालमा भएको हो । वि.सं २०४८ साल सम्म ११ वटा वडा रहेकोका नगरपालिका २०४९ साल देखि ४ वटा वडा थप भई हाल १५ वटा वडा रहेका थिए । २०७४ सालमा हाल १४ वटा वडा रहेने व्यवस्था गरेको छ ।

तान्सेल नगरपालिका बुटवल देखि ३९ कि.मी.मा आईपुग्छ । काठमाण्डौ देखि ३१० कि.मी को दुरीमा रहेको सो नगरपालिका यसको भौगोलिक अवस्थिति २७० ५०’ उत्तर देखि २७० ५३’ उत्तरी आक्षांस र ८३० ३१’पुर्व देखि ८३०३५’ पुर्वी देशान्तरमा रहेको छ । तानसेन नगरपालिकाले २३.५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । पूर्वमा चापपानी र दक्षिणमा मदनपोखरा तथा तेल्घा गा.वि.स रहेका छन । मुख्य वस्तीहरु नगरको दक्षिणी भागमा अवस्थित छन ।

नगरपालिकाको पृष्ठभुमि

तानसेनको ऐतिहासिक पृष्ठभुमि अत्यन्त रोचक छ । मुसलमानहरुले भारतमा आक्रमण गर्दा धेरै राज्यका हिन्दु वंशहरु उत्तरी क्षेत्र तर्फभागेर आए । पन्ध्रौ शताब्दीमा तिनीहरु हिमाली प्रदेश तर्फप्रवेश गरे र तिनीहरुले आफनै छुट्टै राज्य स्थापना गरे । त्यस समयमा रुद्र सेनले पाल्पामा सेन वंशीय राज्य विस्तार भयो । जसको राजधानी तानसेन बन्न पुग्यो ।

पौराणिक किम्बदन्ती अनुसार तानसेन भन्ने शब्द सेन वंशका राजाको नामबाट ताम्रसेन को रुपमा रहेको थियो । जसले शहरी क्षेत्रमा मात्र राज्य गरेका थिए । अर्को मान्यता अनुसार मगर शब्द “तान्सिङ बाट तानसेन बन्न गयो । जसको अर्थ उत्तरी बस्ती भन्ने बुझाउँछ ।

जलवायू को हिसावले तानसेन नगरपालिका अत्यन्त रमणीय स्थानको रुपमा परिचित छ । यसलाई नेपालको दार्जिलिङ्गको रुपमा पनि लिने गरिन्छ । यँहा गर्मीको समयमा अधिकतम ३५० सेल्सियस सम्म तापक्रम रहने र जाडो समयमा न्युनतम सुन्य डिगी सम्म तथा औषत २४० सेल्सियस तापक्रम रहने हुँदा न त धेरै जाडो न त धेरै गर्मी हुने गर्दछ । यहाँ जाडो महिनामा बाक्लो कुहिरो लाग्नुको सट्टा विहानै घाम लाग्ने र गर्मी समयमा पनि शितलताको अनुभुति गर्न सकिन्छ ।

विक्रम सम्बत १८८५÷८६ तिर काजी बख्तावरसिंह पाल्पाको तैनाथवाला भई आएका थिए । वि.सं. १८८६ मै खरका छाप्राहरु तथा कच्ची घरहरु भएको तानसेनमा भयानक आगलागी भयो । विचल्लीमा परेका बासिन्दाहरुको निवेदन पछि भिमसेन थापाले व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्न र पक्की घर बनाएर वसेमा घर पतिले जग्गा बेच विखन गर्न पाउने, अमाली वा चौधरीले पजनी गर्न नपाउने आदेश दिए र वर्तमान तानसेन शहरको निर्माण शुरु भएको थियो ।

मगर जातीको प्रमुख थलोको रुपमा पाल्पा जिल्ला परिचित रहेता पनि तानसेन नगरमा नेवार, ब्राम्हण र क्षेत्री प्रमुख जातिको रुपमा रहेका छन । धार्मिक बाहुल्यता हिन्दु, बौद्ध, क्रिश्चियन र मुस्लिम तथा अन्य रहेको छ । प्रमुख राजमार्ग सिर्द्धार्थ राजमार्ग सुनौली पोखरा) ले छोएको छ ।

अमरसिंह थापाले निर्माण गरेको अमरनारायण कलात्मक मन्दिर र अमरनारायण पौवा –अमरगञ्ज),उजिरसिंह थापाले निर्माण गरेको रणउजिरेश्वरी भगवती मन्दिर, खडग शमशेर द्धारा निर्माण र प्रताप शमशेर द्धारा पुननिर्माण गरिएको पाल्पा दरवार, बग्गी ढोका, मुलढोका, विजय स्तम्भ, सितलपाटी, अण्डाकार टुडिखेल मैदान, पश्चिमी शैलीमा निर्माण भएको त्रिभुवन बहुमुखी क्याम्पसको प्रशासकिय भवन, विरेन्द्रपार्क , ढूंगा छापिएका सडक र गल्ली, पाल्पाली ढाका उद्योग,करुवा उद्योग,श्रीनगरडांडा, पारीलेक वन आदि यहाँका दर्शनीय स्थल एवं महत्वपूर्ण संरचनाहरु हुन ।

तानसेनबाट १६ कि.मी उत्तर काली गण्डकी नदीको किनारमा खडग शमशेरद्धारा प्रिय रानी तेजकुमारी देवीको सम्झनामा निर्माण गरिएको रानीघाट दरवार –नेपालको ताजमहल),९ कि.मि पश्चिममा पाल्पा कालभैरव मन्दिर र उक्त मन्दिरमा रहेको एशिया कै सबै भन्दा ठूलो पित्तलको त्रिशुल,१५ कि.मी पुर्वमा रम्भा देवी मन्दिर, ५ कि.मी दक्षिणमा रहेको ता.न.पा ११ को प्रभास ताल र ३० कि.मी दक्षिणमा रहेको कोलडांडाको सत्यवती ताल दर्शनीय स्थलहरु हुन । जसबाट आन्तरिक पर्यटनले समेत बढावा पाएको छ ।