नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई युरोमनी अवार्ड

काठमाडौं, साउन १० गते । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड युरोमनी– अवार्ड्स् फर एक्सिलेन्स २०२३ बाट सम्मानित भएको छ । सो बैंकले (एनआइएमबी) बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि युरोमनी– अवार्ड्स् फर एक्सिलेन्स २०२३ बाट सम्मानित भएको हो ।

युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । एनआइएमबीले उक्त प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो तेस्रो पटक पनि हो ।

यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले अवार्ड हासिल गरेको थियो । वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण एनआइएमबीलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको स्रोतले बताएको छ ।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रममार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष एनआइएमबीलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ।

चुक्ता पूँजी ३४.१२ अर्ब रुपैयाँ रहेको एनआइएमबीको शेयरधनी कोष ५९.९५ अर्ब रुपैयाँ छ । नेपालको वाणिज्य बैंकहरूमध्येकै सबैभन्दा उच्च शेयरधनी कोष बैंकको छ।

एनआइएमबीले २९६ शाखा, २८० एटीएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ३० लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

उत्कृष्ट सेवाका लागि सात वटा बैंक अफ द इयर अवार्ड प्राप्त गरेको एनआइएमबी आइएसओ ९००१–२०१५ प्रमाणित र इक्रा नेपालबाट ‘ए’ क्रेडिट रेटिङ दिइएको बैंक पनि हो।