चाँगुनारायण नगरपालिकाको बजेट अर्च ८१ प्रतिशत

काठमाडौं, साउन १९ गते । आर्थिक वर्ष २०७९/८० मा चाँगुनारायण नगरपालिका ८१ दशमलव २६ प्रतिशत बजेट खर्च गरेको छ । काठमाडौँ उपत्यकाका २१ स्थानीय तहमध्ये चाँगुनारायण सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बनेको छ ।

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीका अनुसार नगरपालिकाले चालुतर्फ रु ८० करोड १० लाख ७७ हजार विनियोजन गरेकामा रु ६७ करोड २१ लाख दुई हजार ९८३ दशमदव नौ प्रतिशत० र पुँजीगततर्फ रु एक अर्ब ३३ करोड ७२ लाख २७ हजार विनियोजन गरेकामा रु एक अर्ब छ करोड ५५ लाख ६९ हजार ९७९ दशमलव ६९ प्रतिशत० खर्च गरेको छ । नगरपालिकाले चालु र पुँजीगततर्फ गरेर कुल रु दुई अर्ब १३ करोड ८३ लाख पाँच हजार विनियोजन गरेकामा कुल रु एक अर्ब ७३ करोड ७६ लाख ७२ हजार खर्च गरेको छ ।

“चाँगुनारायण उपत्यकामै विकास बजेट बढी खर्च गर्ने स्थानीय तह बनेको छ”, उहाँले भन्नुभयो । आर्थिक वर्ष सुरु हुनेबित्तिकै विकासका योजनालाई पूर्णता दिन बोलपत्र आह्वान गर्नेदेखि उपभोक्ता समिति गठन गरेर तीव्रगतिमा विकासका कार्यलाई अगाडि बढाउने गरेकाले विकासलाई तीव्रता र पूर्णता दिन सफल भएको प्रमुख खत्रीले बताउनुभयो ।

यसैगरी सूर्यविनायक नगरपालिकाले भने पुँजीगततर्फ रु एक अर्ब दुई करोड बजेट विनियोजन गरेकामा रु ६४ करोड ७६ लाख ९६३ प्रतिशत० रकममात्र विकास बजेटतर्फ खर्च गरेको छ । त्यस्तै मध्यपुरथिमि नगरपालिकाले पुँजीगततर्फ रु एक अर्ब ११ करोड बजेट विनियोजन गरेकामा रु ६० करोड ११ लाख ९५३ दशमलव ९९ प्रतिशत० खर्च गरेको छ ।

यस्तै भक्तपुर नगरपालिकाले पुँजीगतर्फ रु ७३ करोड ५८ लाख बजेट विनियोजन गरेकामा रु ३९ करोड ९२ लाख ९० हजार ९५४ दशमलव २७ प्रतिशत० खर्च गरेको छ । भक्तपुुर जिल्लाका चार पालिकामध्ये विकास बजेट सबभन्दा कम खर्च गर्नेमा भक्तपुर नगरपालिका रहेको छ । भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले भने विकास बजेट खर्चको लक्ष्य हासिल गर्न सकेनन् ।

आर्थिक वर्ष २०७९/८० मा पुँजीगततर्फ बजेट खर्चने उपत्यकाका २१ पालिकामध्ये ललितपुर जिल्लातर्फ ललितपुर महानगरपालिकाले ५५ प्रतिशत, गोदावरी नगरपालिकाले ६८ दशमलव १७ प्रतिशत, महालक्ष्मी नगरपालिकाले ४३ दशमलव १७ प्रतिशत, कोन्ज्योसोम गाउँपालिकाले ७८ दशमलव ३७ प्रतिशत, बागमती गाउँपालिकाले ७९ दशमलव ५९ प्रतिशत, महाँकाल गाउँपालिकाले ५६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेका छन् ।

त्यस्तै काठमाडौँ महानगरपालिकाले २५ दशमलव ८४ प्रतिशत, चन्द्रागिरि नगरपालिकाले ५९ दशमलव ६२ प्रतिशत, नागार्जुन नगरपालिका ४१ दशमलव २८ प्रतिशत, कीर्तिपुर नगरपालिकाले ५९ दशमलव ८६ प्रतिशत, टोखा नगरपालिकाले ६६ प्रतिशत, दक्षिणकाली नगरपालिकाले ७२ दशमलव ३३ प्रतिशत, शङ्खरापुर नगरपालिकाले ४६ दशमलव ५७ प्रतिशत, तारकेश्वर नगरपालिकाले ६७ दशमलव ३८ प्रतिशत, बूढानीलकण्ठ नगरपालिकाले ३८ प्रतिशत, कागेश्वरी–मनोहरा नगरपालिकाले ६० प्रतिशत तथा गोकर्णेश्वर नगरपालिकाले ६८ दशमलव दुई प्रतिशत विकास बजेट खर्च गरेका छन् ।