संसदको अवरोध खुलाउन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं, साउन २३ गते । संसदको अवरोध खुलाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्छ । बैठकमा प्रमुख सचेतकहरुसमेत सहभागी हुनुहुन्छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको अवरोध खुलाउन सोमबार सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गरेका थिए । तर सहमति जुट्न सकेको छैन ।