राष्ट्रपति भण्डारीको नौ बर्षे कार्यकाल सकियो, आज शितलनिवासवाट बिदा हुँदै

काठमाडौं, फागुन १९ गते । राष्ट्रपति बिद्यादेवी भण्डारीको नौ बर्षे लामो कार्यकाल आइतवार रातीवाट सकिएको छ ।

कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाड्नुहुने छ ।

लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित भएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भए पछि तेस्रो कार्यकालका लागि पनि दोहोरयाएर निर्वाचित भएकी थिइन । पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित हुनुभएको भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गर्नुभएको थियो

उहाँ नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुहुने पहिलो र एक्ली नेपाली महिला पनि हुन् । नौ वर्षीय लामो संघीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन, तत्कालिन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला पनि हुन ।

उहाँ राष्ट्रपति भण्डारी आफनो नौ बर्षे लामो कार्यकाल सकेर सोमवार, शितलनिवासवाट बिदा हुदैँछिन् ।