परराष्ट्रमन्त्री डा. पौडेल आज श्रीलंका जार्दै

काठमाडौं । श्रीलंकाको ७५औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. विमला राई पौडेल आजै राजधानी कोलम्बो जाँदैहुनुहुन्छ ।

श्रीलंका भ्रमणको क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री पौडेलको शुक्रबार (माघ २० गते) श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । माघ २१ गते उहाँले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

उहाँ माघ २५ गते काठमाडौं फर्किने कार्यक्रम छ ।