मेयर बालेन र अधिकारीबीच वार्ता भएपछि महानगरको डोजर ब्याक,

काठमाडौं, साउन २५ गते । कपन साततलेस्थित खहरे भत्काउन गएको काठमाडौं महानगर प्रहरी करिब ६ घण्टापछि ब्याक भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच वार्ता भएपछि डोजर ब्याक गरिएको हो ।

दुई मेयरबीच भएको वार्तामा दुवै नगरपालिकाको प्राविधिक टोली र नापी विभागको टोलीसमेतले खोलाको क्षेत्र नापजाँच गरेपछि मात्र थप प्रक्रिया अघि बढाउने सहमति भएपछि आफूहरू तत्काललाई पछि हटेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।