कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरे सभाध्यक्षको दुरुपयोग

बिराटनगर, भदौ ४ गते । कोशी प्रदेशमा सभाध्यक्षको दुरुपयोग गरेको छ । मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत पाउनुभएको हो ।

प्रदेशसभा बैठकको अध्यक्षता गरिरहनुभएका इस्राइन मन्सुरीले मतदान सकिएपछि मत सच्याउन तीन मिनेट तोक्नुभयो । अनि अध्यक्ष मण्डलका अर्का सदस्य गीता तिम्सिनालाई बैठकको अध्यक्षता गर्न आग्रह गर्नुभयो र, आफू मतदानका लागि जानुभयो ।

प्रमुख प्रतिपक्षी एमालेका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरे । तर मन्सुरी मत दिएर पुनः बैठकको अध्यक्षता गर्न गए ेर मत गणना गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

आफैंले दिएको मत समेत जोडेर उहाँले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गर्नुभयो ।

मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गर्नुभएको थियो । प्रस्तावको विपक्षमा ३० मत परेको थियो ।

१६ साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले ३ भदौमा विश्वासको मत लिन चाहानुभएको थियो । तर ४ गतेका लागि बैठक तोकेकी उपसभामुख सृजना दनुवार सोमबार विहान उपचारका लागि भन्दै काठमाडौं हिड्नुभयो ।

त्यसअघि अध्यक्ष मण्डलका सदस्य इस्राइन मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी तोकेकी थिइन् । मन्सुरीले अध्यक्ष मण्डलको सदस्यका हैसियतमा प्रदेशसभा बैठक सञ्चालन गरे ।