उपत्यकामा बन्याे प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि आवासगृह

काठमाडौं, भदौ १० गते । प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि आवासगृह तयार भएको छ । काठमाडौं उपत्यकामा आउँदा बस्ने गरि सरकारले प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि ललितपुरको भैंसेपाटीमा आवास गृह बनाईएको हो ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रकाबीत हस्तान्तरण गर्नुभएको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश र संघीय सरकारको सम्बन्ध अब झन् मजबुत हुने बताउनुभयो ।

प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको आयोजना प्रमुख मचाकाजी महर्जनले बताउनुभयो ।

सरकारी आवास तयार भएपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउनेछन् । महर्जनका अनुसार करिब ८५ करोड रुपैयाँ लागतमा यी भवन तयार भएका हुन् ।

यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्नेछन् । हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि सरकारले अपार्टमेन्टमा भाडामा लिएको छ ।