महालक्ष्मीका मेयर श्रेष्ठद्वारा कर्मनासा करिडोरको अनुगमन

काठमाडौं, भदौ १२ गते । महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले कर्मनासा करिडोरको अनुगमन गर्नुभएको छ । नगरप्रमुख श्रेष्ठले महालक्ष्मी र ललितपुरकोबीचमा बग्ने कर्मनासा खोला करिडोरको निर्माणमा भैरहेको कामको आज विहान अनुगमन गर्नुभएको हो ।

अनुगमन गर्दै उहाँले करिडोर निर्माणमा आएका समस्याको पहलकदमि लिनुका साथै छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्देशनसमेत दिनुभएको छ । कर्मनासा करिडोर निमार्णले बालकुमारी देखि हात्तिबन सम्म को यात्रा सहज हुने उहाँको भनाई छ । सो करिडोरले ग्वार्कुको सवारी जामलाई पनि सहज बनाउन सक्कने नगरप्रमुन श्रेष्ठले बताउनुभयो ।

महालक्ष्मी नगरपालिकाले आफ्नै लगानीमा कर्मनासा खोला करिडोर खोल्ले तयारी गरेको छ । सो खोलाले ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकालाई छुट्याएको छ । कर्मनासा खोला गरिडोर सडकको शिलान्यास २०८० जेठ ३० गते नगरप्रमुख श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले संयुक्तरुपमा गर्नुभएको थियो ।

अहिले करिडोरको साईट साईटमा सिमान्क वाल लगाउने काम भईरहेको वडा नम्बर २ का वडा अध्यक्ष ध्रुव खत्रीले जानकारी दिनुभयो । गत वर्ष २०७९÷८० मा टेण्डर आव्हान गरिएपनि कारिडोरको काम यसै वर्षबाट सुरु गरिएको उहाँले बताउनुभयो । हाल सम्म करिडोरको वाल लगाउने काम मात्र ८० प्रनिशत सम्पन्न भएको वडा अध्यक्ष खत्रीको भनाई छ ।

्र वाल निर्माण सकिनासाथ करिडोलको ग्राभिल गर्ने तयारी भईरहको छ, उहाँले भन्नुभयो, यसै वर्ष कर्मनासा करिडोर सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ । त्यसैले करिडोर निर्माणमा स्थानीय नगरिक, जनप्रतिनिधिहरु सकृयरुपमा लागेको पनि उहाँले बताउनुभयो ।