दुवै छोराले अन्तिम श्रद्धाञ्जली दिएपछि नेम्वाङको पार्थिव शरीरलाई लगियाे आफ्नै निवास ( फोटो फिचर)

काठमाडौं, भदौ २७ गते । दिवंगत एमाले नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई एमाले केन्द्रीय कार्यालय च्यासलबाट उहाँको निवास बालेवाटार लगिएको छ । उहाँका दुवै छोरा बुबाको अन्तिम संस्कारका लागि विदेशबाट फर्किएलगत्तै आफ्नौ निवास लगिएको हो ।

स्वर्गीय नेम्वाङका कान्छा छोरा अष्ट्रेलियाबाट हिजो र जेठा छोरा बेलायतबाट आज आइपुग्नुभएको छ । दुवै छोराले एमाले पार्टी कार्यालय च्यासलमा पुगेर बुबालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

नेम्वाङको पार्थिव शरीरलाई आव उहाँको निवासमा राखिने र हिन्दू र लिम्बू परम्पराअनुसार पशुपति आर्यघाटमा भोलि ११ बजे मात्र दाहसंस्कार गरिने छ ।